अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१२ कक्षाको परीक्षाफल प्रकाशित हुँदै

१२ कक्षाको परीक्षाफल प्रकाशित हुँदै


काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले आज यस वर्षको कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने जनाएको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार आज (मंगलबार) बेलुकासम्ममा परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेको छ । उहाँले भन्नुभयो, ‘हामी नतिजा प्रकाशनमा जुटिरहेका छौं । प्राविधिक कठिनाइ नभए आजै नतिजा प्रकाशन गर्छौं ।‘