काठमाडौं-निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्ने भएको छ। छलफलका लागि आयोगले दलहरूलाई आयोगमा बोलाएको हो ।
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा भाग लिने दलहरूसँग आयोगले आचारसंहिताबारे छलफल गर्नेछ । आयोगले छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीलगायत १२ वटा राजनीतिक दलका पदाधिकारीलाई बोलाएको बताइएको छ। आयोगले केही दिनमा आचारसंहिता लागु गर्दै छ ।







प्रतिक्रिया