काठमाडौं-निर्वाचन आयोगले १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी गरेको छ। आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र विभिन्न १२ पार्टीका अशीर्ष नेताहरूसँग निर्वाचन आचारसंहिताबारे छलफल गरेको आयोगले बुधबारदेखि आचारसंहिता लागु गर्ने तयारी गरेको हो ।
असोज १२ देखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी भइरहेको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता पालनामा प्रतिवद्धता जनाउन प्रधानमन्त्री देउवासहित विभिन्न पार्टीका नेताहरू आइतबार अपरान्ह निर्वाचन आयोग पुगेका थिए। उहाँहरुले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।







प्रतिक्रिया