अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीम पराजुलीलाई महानगरवासीको १५ प्रश्न

भीम पराजुलीलाई महानगरवासीको १५ प्रश्न


विराटनगर– विराटनगर महानगरपालिकाका पूर्व मेयर तथा मोरङको क्षेत्र नं ४ (ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार भीम पराजुलीसँग महानगरपालिकाका नागरिकहरूले विभिन्न १५ वटा प्रश्नहरू राखेका छन् ।

प्रदेशसभा सदस्य पदका लागि मत माग्दै हिंडेका पराजुलीसँग मेयर हुँदा उनले गर्न नसकेका कामहरूको सूची तयार पारेर मतदाताहरूले प्रश्न राखेका हुन् ।

पूर्व मेयर पराजुलीलाई नगरबासीले गरेका प्रश्न यस्ता छन्-
अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरो के भयो ?

नागरिक उड्डयन प्राधिकरणसँग स्वीकृति नै नलिइ मन्दिरको नामको विवादास्पद जग्गामा भ्यू टावर बनाउने कुरो कता गयो ?

हिमालय रोडलाई सिक्किमको एमजी रोड जस्तै बनाउने भनेर सो रोडलाई कुरूप बनाएर किन छाड्नु भयो ?

विराटनगरको नाला, पैनी अतिक्रमण गरी पानी निकासका आधारभूत संरचनाहरूलाई मासेर विराटनगरलाई डुवानमा किन पार्नु भयो ?

एशियाली विकास बैंकको लगानीमा निर्माण भएका परियोजनामा इमान्दारीपूर्वक किन निगरानी र अनुगमन नगरेको ?

बस पार्कको आधुनिकीकरणको काममा गुणस्तरहीन काम गराएर तुरून्तै टालटुल पार्नु पर्ने भित्री स्वार्थ के हो ?

आफ्ना कार्यकर्ताहरू तीन सय भन्दा बढीलाई महानगरमा भर्ती गराएर महानगरमाथि किन आर्थिक बोझ थपेको ?

सार्वजनिक जग्गा अनियमित रूपमा किन वितरण गरेको ?

नगर सभाले पारित गरेको बजेटलाई कट्टा गरी अफूखुसी वितरण गरेर योजनाहरूलाई किन अलपत्र पारेको ?

सहभागितामूलक निर्माण भन्दा गुटबन्दी गरी आफ्ना आसोपासेहरूलाई योजना किन दिएको ?

बजारको पार्किङ व्यवस्थापन गर्न र ट्राफिक व्यवस्था मिलाउन किन नसकेको ?

पूर्व मेयर पराजुलीसँग महानगरवासीले यस्ता थुप्रै प्रश्नहरू राखेर उनलाई ¥याख¥याख्ती पार्ने गरेका छन् ।

मेयर हुँदा उनले महानगरपालिकाबाट तलब, भत्तालगायत अन्य आर्थिक सुविधा केही पनि लिन्न भन्ने घोषणा गरे तर उनले पाउने सम्पूर्ण आर्थिक सुविधा उनको बैंक खातामा नियमित रूपमा जम्मा भैरह्यो । यसरी पनि नगरवासीलाई ढाँट्न पाइन्छ र ? उनीसँग गर्ने यस्ता प्रश्नहरू नगरवासीसँग थुप्रै छन् ।