अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निमावि तहको गणित, विज्ञानमा ३८१ शिक्षक माग्दा ५७ जनामात्रै पास

निमावि तहको गणित, विज्ञानमा ३८१ शिक्षक माग्दा ५७ जनामात्रै पास


काठमाडौं – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको गणित, विज्ञान विषयमा ३८१ जना शिक्षक माग गरेकामा ५७ जनाले मात्र लिखित परीक्षा उतीर्ण गरेका छन्।

आयोगले सबै ७ प्रदेशका लागि ३८१ शिक्षक माग गरेको थियो । गत चैत १७ गते भएको सामान्य लिखित परीक्षा र असार ११ गतेको विषयगत लिखित परीक्षा उतीर्ण हुने जम्मा ५७ जना मात्र भएका छन्।

अब यी ५७ जनाले अन्तर्वार्ता परीक्षा दिनुपर्नेछ, सबै परीक्षार्थी अन्तर्वार्तामा उतीर्ण हुँदा पनि ३२४ दरबन्दी रिक्त नै रहने भएको छ ।

आयोगका अनुसार मधेश प्रदेशमा निमाविको गणित विज्ञानका लागि २० शिक्षक माग गरिएको थियो । तर आवेदन दिएका परीक्षार्थीमध्ये कोही पनि विषयगत लिखित परीक्षामा उतीर्ण हुन सकेनन् ।