अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्य विमालाई सबै जनतामा पुर्‍याउँछु : स्वास्थ्य मन्त्री गीरी

स्वास्थ्य विमालाई सबै जनतामा पुर्‍याउँछु : स्वास्थ्य मन्त्री गीरी


काठमाडौं -शनिवार मनमोहन सामुदायिक अस्पतालमा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै गिरीले स्वास्थ्य बीमा कार्यक्रममा जिल्लाहरूमा समस्याको रूपमा रहेको बताउनुभयो । बीमा कार्यक्रम सञ्चालन गरेका अस्पतालहरूले कार्यक्रम सञ्चालन गर्न नसकिने बताउन थालेको भन्दै बिमा कार्यक्रम कार्यान्वयनका समस्या छिट्टै समाधान हुने स्वास्थ्य मन्त्री गिरीले बताउनुभयो ।

बीमा कार्यक्रम सञ्चालनमा आइपरेका समस्याहरूको बारेमा जानकारी लिन आफूले सम्बन्धित निकायसँग छलफल गरी सकेको भन्दै समस्या समाधानको पहल छिट्टै गरिने गिरीको भनाई छ ।

गरिब जनताले स्वास्थ्य बीमा कार्यक्रम मार्फत धेरै सुविधा लिन सक्ने भएपनि कार्यक्रम कार्यान्वयनमा धेरै समस्या भएको गिरीको भनाई छ ।
रोटरी क्लबले उपलब्ध गराएका स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गर्दै मन्त्री गिरीले सबै नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व रहेको उल्लेख गर्नुभयो ।

मन्त्री गिरीले सोही अवसरमा मनमोहन सामुदायिक अस्पतालको अनुगमन समेत गरेका थिए ।