अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गीत र लोगो बनाउँदै तातोपानी गाउँपालिका

गीत र लोगो बनाउँदै तातोपानी गाउँपालिका


जुम्ला – जुम्लाको  तातोपानी गाउँपालिकाले आफ्नै पालिकाको आफ्नै गीत र लोगो बनाउने भएको छ । गाउँकार्यपालिकाको माघ १६ गतेको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, तथा विशिष्ट भौगोलिक पहिचान झल्किने गरी गीत र लोगो बनाउनका लागि एक महिने  सार्वजनिक सूचना जारी गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिनुभयो ।

दरखास्त दिनका लागि सूचना जारी गरिएको छ गाउँपालिका अध्यक्ष  चौलागाईंले भन्नुभयो, “खुला प्रतिस्पर्धात्मक विधिबाट पालिका गीत र लोगो निर्माणका लागि इच्छुक व्यक्ति वा संस्थालाई विभिन्न शर्तमा आधारित निर्धारित समयभित्र दरखास्त दिन सूचना जारी गरेको हो ।” गीत र लोगोका लागि विभिन्न ११ वटा शर्त राखिएको छ ।

 छनोट भएका उत्कृष्ट रचना छनोट गरिनेछ । डिजाइनकर्ता र रचनाकारलाई पुरस्कृतसमेत गरिने तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताउनुभयो ।