अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनावग्रस्त पाकिस्तान : हालसम्म दस जनाको मृत्यु, २ हजारभन्दा बढी पक्राउ 

तनावग्रस्त पाकिस्तान : हालसम्म दस जनाको मृत्यु, २ हजारभन्दा बढी पक्राउ 


काठमाडौँ–पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न माग गर्दै भएको प्रदर्शनमा कम्तीमा १० जनाको मृत्यु भएको छ।

खानको पक्राउको विरोधमा विभिन्न क्षेत्रमा तीन दिनदेखि भएको हिंसात्मक प्रदर्शनका क्रममा उनीहरूको मृत्यु भएको बिबिसीले जनाएको छ। 

भ्रष्टाचार, आतंकवाद, अदालतको अपमान लगायत दर्जनौं आरोपमा पूर्वप्रधानमन्त्री खानलाई त्यहाँको सेनाले मंगलबार पक्राउ गरेको थियो। 

खान पक्राउ परेपछि उनका समर्थकहरूले मंगलबारबाटै इस्लामावाद लगायतका क्षेत्रहरूमा प्रदर्शन गर्दै आइरहेका छन्।

उनीहरूले सैनिक भवन र विभिन्न सरकारी कार्यालयहरूमा आक्रमण गरेका थिए। प्रदर्शनलाई नियन्त्रणमा लिन त्यहाँको सुरक्षाकर्मीले दुई हजार भन्दा बढीलाई पक्राउ गरेको बिबिसीले उल्लेख गरेका छन्। 

पक्राउ पर्नेमध्ये पाकिस्तान तहरिक–ए–इन्साफ (पीटिआई) पार्टीका सात शीर्ष नेता रहेको बताइएको छ। जसमा पीटिआईका प्रमुख नेता असद उमर र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशी समेत छन्। 

कुरैशीले इमरान खान रिहा नभएसम्म आन्दोलन स्थगित नगर्न आह्वान गरेका थिए। उनीलाई हिंसा उकासेको आरोपमा बिहीबार प्रहरीले पक्राउ गरेको थियो।   

यसैबीच पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री खानलाई रिहा गर्न आदेश दिइसकेको छ।-एजेन्सी 

Skip This