अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षकहरूको आन्दोलन : आजदेखि देशभरका विद्यार्थीहरूको पठनपाठन बन्द हुने

शिक्षकहरूको आन्दोलन : आजदेखि देशभरका विद्यार्थीहरूको पठनपाठन बन्द हुने


काठमाडौँ–शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएपछि ७० लाखभन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको हो । 

 ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ को विरोधमा बुधबारदेखि शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका छन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा ७७ वटै जिल्लाका सामुदायिक विद्यालयबाट शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका हुन् । 

बुधबार काठमाडौँको माइतीघर हुँदै संसद् भवन नयाँ बानेश्वर पुगेर फर्किएको शिक्षकको र्‍याली माइतीघरमा नै फर्किएर कोण सभामा परिणत भएको थियो ।