अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ह्वाइट हाउस मोडल यूनाइटेड नेसन्स सम्पन्न

ह्वाइट हाउस मोडल यूनाइटेड नेसन्स सम्पन्न



काठमाडौं -हिमालयन ह्वाइट हाउस स्कूलले मोडल यूनाइटेड नेसन्स (एम्यूएन् ) सञ्चालन गरेको छ ।
मङ्सिर २२, २३ र २४ अर्थात डिसेम्बर ८, ९ र १०, २०२३ मा यो कार्यक्रम सञ्चालन गरिएको प्रवन्धक युवराज शर्माले जानकारी दिनुभयो । कार्यक्रममा ३ वटा सामुदायीक विद्यालय र २४ वटा निजी विद्यालयको सहभागिता थियो । जम्मा १८० जना प्रतिनिधि विद्यार्थीहरू सहभागी भएको यस कार्यक्रमको समुद्घाटन यू एन्का पूर्व राजदुत डा. जयराज आचार्यले गर्नुभएको थियो ।
सामुदायीक विद्यालयलाई निजी स्रोतले समन्वय गरी आई. बि. स्कूलको शिक्षण अवधारणा अनुरूप यस प्रकारको कार्यक्रम हिमालयन ह्वाइट हाउस स्कूलले प्रथम पटक आयोजना गरेको हो जसलाई यूनेस्को जस्तो संस्थाले समेत होस्टेमा हैँसे गरेर सहयोग प्रदान गर्यो प्रवन्धक शर्माले भन्नुभयो ।
हाम्रा बालबालिकाहरूको चौतर्फी विकासका लागि केवल पाठ्यपुस्तक मात्र पर्याप्त नहुने भएकाले विद्यार्थीहरूमा विभिन्न प्रकारका श्रृजनात्मक सीपको विकास गर्नका लागि यस एमयूएन् जस्तो कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । यस्ता कार्यक्रमले विद्यार्थीहरूमा एक प्रकारको अनुसन्धानात्मक वानीको विकास गराई विभिन्न देश विदेशका समसामयीक विषयवस्तुलाई पढ्ने, बुझ्ने र अभिव्यक्त गर्ने सीपको समेत विकास गराएको छ । यहाँ विभिन्न देशलाई प्रतिनिधित्व गर्दै विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीले विपक्षी प्रतिनिधि प्रतियोगीले दिएका पेचिला र जल्दाबल्दा विषयवस्तुलाई तार्किक ढङ्गले प्रस्तुत गर्दै आफू वाक पटुतामा अब्बल रहेको समेत पुष्टि गर्ने मौका पाएका थिए ।
हिमालयन ह्वाइट हाउसमा भएको एमयूएनको कार्यक्रममा यूएन् वुमन, नेटो, मार्भल भिएस्डी, सीएफपिएन, आईपी जस्ता कमिटी गठन गरी त्यसै अनुरूप विभिन्न एजेन्डाहरू जसमा ईजरायल प्यालेस्टायन युद्ध, रसिया र युक्रेनको वर्तमान अवस्था, रसिया र युक्रेनको आर्थिक सङ्कट, रिलेसनसिप बिटविन फ्रिडम अफ इक्स्प्रेसन एण्ड मिडिया जस्ता विषयमा विचारविमर्स गरी आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
यस प्रकारका कार्यक्रम विद्यालयमा हुनुपर्छ, यसले विद्यार्थीहरूको सर्वाङ्गिण विकासमा टेवा पुर्याउन सहयोग गर्छ र यस प्रकारका अरू कार्यक्रमहरू पनि यसै गरी विद्यालयमा ल्याउने कोशिसमा हामी निरन्तर लागिरहने छौँ भन्ने कुरा विद्यालय प्रबन्धक युवराज शर्माले जानकारी दिनुभयो ।
हिमालयन ह्वाइट हाउस परिवार