अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीनको छात्रावासमा आगलागी हुँदा १३ बालबालिकाको मृत्यु

चीनको छात्रावासमा आगलागी हुँदा १३ बालबालिकाको मृत्यु


काठमाडौँ-चीनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जना बालबालिकाको मृत्यु भएको छ । शुक्रबार राति हेनान प्रान्तको यान्सापु गाउँमा रहेको यिङ्साई विद्यालयमा आगलागी भएको बीबीसीले जनाएको छ ।

विद्यालय सञ्चालकलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको छ । एक शिक्षकले त्यहाँको सरकारी अखबार हेबेई डेलीलाई बताएअनुसार मृत्यु हुनेहरू सबै तेस्रो कक्षाका विद्यार्थी हुन् । आगलागी हुँदा छात्रावासमा ३० जना विद्यार्थी थिए । बाँकी विद्यार्थीलाई सकुशल बाहिर निकालिएको छ । सिन्ह्वाका अनुसार सूचना पाएको एक घण्टाभित्र आगो निभाइएको थियो ।

आगलागीको कारण वा मृतकको पहिचानबारे आधिकारिक च्यानलहरूमा केही भनिएको छैन । सरकारी सञ्चारमाध्यममा सार्वजनिक भएका तस्बिरमा छात्रावासका झ्यालका सिसा फुटेको र त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको देखिन्छ । सिन्ह्वाका अनुसार निजी रूपमा सञ्चालित यो विद्यालय १० वर्षदेखि चल्दै आएको थियो र त्यसमा नजिकैका ग्रामीण क्षेत्रका बालबालिकाले भाग लिएका थिए ।-एजेन्सी

Skip This