न्युर्योक-आज हामी विश्वको सबैभन्दा ठुलो रेलवे स्टेशनको कुरा गर्दैछौं । अमेरिकाको न्यूयोर्क सहरमा अवस्थित ग्रान्ड सेन्ट्रल टर्मिनल संसारको सबैभन्दा ठुलो रेलवे स्टेशन हो ।
प्लेटफर्मको अधिकतम संख्याको हिसाबले यो संसारको सबैभन्दा ठुलो रेलवे स्टेशन हो । ग्राण्ड सेन्ट्रल टर्मिनलको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि लेखिएको छ । तपाईँले थाहा पाउँदा छक्क पर्नु हुनेछ कि यस टर्मिनलमा जम्मा ४४ प्लेट फर्महरू छन् । अर्थात् यहाँ जम्मा ४४ वटा रेल एकै पटक उभिन सक्छन् । बाँकी विश्वमा यो सुविधा उपलब्ध भएको कुनै पनि रेलवे स्टेशन छैन । गिनिज वल्र्ड रेकर्डको रिपोर्टका अनुसार यो रेलवे स्टेशन सन् १९०३–१९१३ को बिचमा निर्माण भएको हो ।
अमेरिकी समाचार संस्थाहरूका अनुसार यहाँबाट दैनिक १.२५ लाख यात्रु आउने जाने गर्दछन् । यसको साथमा कुल ६६० ट्रेनहरू यस स्टेशनबाट गुज्रन् । ग्रान्ड सेन्ट्रल टर्मिनल कुल ४८ एकडमा फैलिएको छ । यति मात्र होइन, यस स्टेशनमा दुई वटा भूमिगतस्तरहरू छन् ।
त्यहाँ एक खुफिया प्लेटफर्म पनि छ, जुन स्टेशनको छेउमा वाल्डोर्फ अस्टोरिया होटेलको तल छ । वास्तवमा यो निर्माण गरिएको हो किनभने राष्ट्रपति फ्र्याङ्कलिन रुजवेल्ट एक ह्वीलचेयरमा यो खुफिया प्लेटफर्ममा होटेलबाट सीधै ओर्लेका थिए ताकी उनी जनता र मिडियाको सामना गर्नबाट बच्न सकुन् । यस बाहेक यहाँ धेरै सुविधाहरू रहेको छन्, जुन आश्चर्यले भरिएको छ । एजेन्सी






प्रतिक्रिया