अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान


काठमाडौँ– पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ ।   

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आवेदन माग गरेको हो ।   

आज एक सूचना सार्वजनिक गर्दै समितिले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त माग गरिएको जनाएको छ । 

इच्छुक तथा योग्य व्यक्तिले १५ दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा कार्यालय समयमा दरखास्त पेस गर्नसक्ने बताइएको छ ।