अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाकिस्तान निर्वाचनको नतिजा सार्वजनिक हुँदै 

पाकिस्तान निर्वाचनको नतिजा सार्वजनिक हुँदै 


काठमाडौँ– पाकिस्तानमा बिहीबार भएको मतदानपछि नौ घण्टा ढिलो गरी नतिजा सार्वजनिक हुन सुरु भएको छ ।

हालसम्म निर्वाचन आयोगले राष्ट्रिय सभाका ११ सिटको नतिजा सार्वजनिक गरेको छ । तर, यो नतिजा अन्तिम नभएको बीबीसीले जनाएको छ ।

हालसम्मको नतिजामा पाकिस्तान मुस्लिम लिग–नवाज अर्थात् पीएमएलएनले राष्ट्रियसभामा पाँच सिट जितेको छ । तीमध्ये तेहरिक–ए–इन्साफ अर्थात् पीटीआईलाई समर्थन गर्ने चार उमेदवार विजयी भएका छन् ।

बिलावल भुट्टो जरदारीको पार्टी पाकिस्तान पिपुल्स पार्टीले राष्ट्रियसभामा दुई सिट जितेको छ ।

पूर्वप्रधानमन्त्री तथा पाकिस्तान मुस्लिम लिग–नवाजका अध्यक्ष शेहबाज शरीफ लाहोरको सिट एनए–१२३ बाट ६३ हजार ९५३ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी पीटीआई समर्थित स्वतन्त्र उमेदवार अफजल अजिम पहाटले ४८ हजार ४८६ मत पाएका बीबीसीले उल्लेख गरेको छ ।