अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनकपुरमा मन्त्री महासेठलाई १०१ किलोको माला

जनकपुरमा मन्त्री महासेठलाई १०१ किलोको माला


जनकपुरधाम-उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई भव्य स्वागत गरिएको छ।

जनकपुरधाम विमानस्थलमा उपप्रधानमन्त्री महासेठलाई एमाले नेता-कार्यकर्ताहरूले १०१ किलोको मालाले भव्य स्वागत गरेका हुन्।

महासेठको स्वागत चलिरहँदा एक युवक दही र माछाको भार (पाहुर) बोकेर पुगेका थिए । ती युवकले उनलाई माछा र दहीको टीका लगाए ।

नेकपा एमालेका एक नेताका अनुसार कसैको नजर नलागोस् भनेर माछा र दहीको टीका उपप्रधानमन्त्री महासेठलाई लगाइएको छ।