अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अफगानिस्तानमा आत्मघाती बम आक्रमणमा २१ जनाको मृत्यु

अफगानिस्तानमा आत्मघाती बम आक्रमणमा २१ जनाको मृत्यु


काठमाडौँ- अफगानिस्तानको कान्दाहारमा भएको आत्मघाती बम विस्फोटमा २१ जनाको मृत्यु भएको छ । बिहीबार राति सहरको एक बैंकमा आत्मघाती हमला भएको हो । सरकारी कर्मचारी लाइनमा उभिरहेको बेला विस्फोट भएको थियो । विस्फोटमा अन्य केही व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।

घटनाको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएको छ । उसले तालिबानलाई निशाना बनाएको बताएको छ । आईएसको समाचार संस्था अमाकले जारी गरेको रिपोर्ट अनुसार, आक्रमणकारीले करिब १५० तालिबान सदस्यको बिचमा आफ्नो आत्मघाती बेल्ट विस्फोट गराएका थिए । बीबीसीका अनुसार विस्फोटमा कम्तीमा ५० जना घाइते भएका छन् ।