अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

होली पर्व

काठमाडौं उपत्यकाबाट ६६४ सवारी चालकलाई कारबाही

काठमाडौं उपत्यकाबाट ६६४ सवारी चालकलाई कारबाही


काठमाडौं-होली पर्वलाई मध्यनजर गरी आज काठमाडौं उपत्यकाको ट्राफिक जाँचमा कडाइ जारी छ। काठमाडौँमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ परिसरका जनशक्तिहरूलाई संयुक्त रूपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको चलिरहेको हो।

आइतबार अपराह्न ४ बजेसम्म ट्राफिक नियम उल्लंघन गर्ने ६६४ सवारी चालकलाई कारबाही गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। जसमा मोटरसाइकल ६४९ वटा छन्। चार पांङ्गे सवारी १५ वटा कारबाहीमा परेका छन्।

अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, ठूलो आवाज निकाल्ने वा बजाउने, मोटरसाइकलमा तीनजना चढ्ने, हेलमेट नलगाउने, तीव्र गतिलगायत क्रियाकलापमा संलग्नलाई निगरानी गरी कारबाही गरिएको छ।

उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरी तथा ट्राफिक नियम उल्लंघन गरेर सवारी हाँक्नसक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको हो।

यसै गरी विभिन्न ठाउँमा मोबाइल भ्यानले नियमित गस्ती पनि गरिरहेको छ। होली पर्वलाई दुर्घटनारहित,सुरक्षित र मर्यादित बनाउने उद्देश्यले उपत्यकाका सबै नाकासहित विभिन्न ठाउँमा ‘चेक पाेइन्ट’ राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लघंन गरी तीव्र गतिमा सवारी हाक्नेलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिनुभयो।