अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित

एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित


काठमाडौँ– नेकपा (एमाले) उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित हुनुभएको छ । जिल्ला कमिटीको नवौंं अधिवेशनबाट राउतको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । 

अधिवेशनबाट उपाध्यक्षमा कालुमान लामा विजयी हुनुभएको छ भने सचिवमा टेकबहादुर राउत विजयी हुनुभएको छ । 

यस्तै उपसचिव खुलातर्फ हेमबहादुर खड्का र महिला उपसचिवमा गंगा राई निर्वाचित हुनुभएको छ । सदस्यहरूमा भने केही सर्वसम्मत र केहीमा निर्वाचन भएको छ ।