अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोलखामा बसको ठक्करबाट एक महिलाको मृत्यु

दोलखामा बसको ठक्करबाट एक महिलाको मृत्यु


दोलखा-बसको ठक्करबाट विगु गाउँपालिका-३ बुलुङकी ७४ वर्षे महिला नेतर्नी लामाको महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार काठमाडौँबाट विगुको बुलुङतर्फ जाँदै गरेको बा३ख ६३७४ नं को रोल्वालिङ यातायातको बसले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । विगु गाउँपालिका–४ को फिस्टेढुङ्गाबाट घर फर्किँदै गरेकी लामालाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालक कालिञ्चोक गाउँपालिका–४ का २६ वर्षीय नारायण बुढाथोकीलाई  पक्राउ गरी इलाका प्रहरी कार्यालय सिगटीमा  राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।