काठमाडौं-प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दल रास्वपा र राप्रपाले अवरोध कायम राखेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा सेटिङ भएको भन्दै प्रतिपक्षी दलहरूले जेठ १३ गतेदेखि प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका थिए।
आज सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बीच सदनमा देखिएको अवरोध खुलाउने विषयमा दुई बुँदे सहमति भएको छ। भिजिट भिसा प्रकरणमा अख्तियारको छानबिनलाई सघाउने र यससम्बन्धी समस्या समाधान गर्न सरकारले संरचनागत, नीतिगत र कानुनी पक्ष अध्ययन गर्ने विषयमा उनीहरूबीच सहमति जुटेको हो।
तर, सहमतिमा प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले असहमति जनाइसकेका छन्। ती दुई दलले उठेर टेबुल ठटाएर विरोध गरेका हुन्।
प्रतिक्रिया