अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 सुदूरपश्चिमका एमाले सांसदसँग पार्टी अध्यक्ष केपी ओलीको छलफल  

 सुदूरपश्चिमका एमाले सांसदसँग पार्टी अध्यक्ष केपी ओलीको छलफल  


काठमाडौं-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्। अध्यक्ष ओलीले सुदूरपश्चिमका ११ सांसदलाई भक्तपुरको गुण्डुमा बोलाएर अहिले छलफल गरिरहेका छन्।

पछिल्लो समय सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेता परिवर्तनको विषय उठेपछि अध्यक्ष ओलीले सामूहिक छलफलमार्फत निर्णय लिन लागेका हुन्।

दलको नेताका सम्भावित दाबेदारमा उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्र मल्ल, सामाजिक विकास समितिका सभापति धर्म पाठक र भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल रहेका छन्।

प्रदेशका केही सांसदहरूले संसदीय दलको नेता परिवर्तनको विषय लिएर केही समयअघि अध्यक्ष ओलीलाई भेटेका थिए । बैठकमा संसदीय दलको परिवर्तनबारे छलफल भइरहेको जनाइएको छ।

बैठकमा नेतृत्व परिवर्तनबाहेक सत्ता सहकार्य र मन्त्रिमण्डल हेरफेरका विषयमा पनि छलफल हुने बताइएको छ।