अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्री राई पक्षकै सांसदले संसद चल्न दिएनन् प्रदेश सभा बैठक

मुख्यमन्त्री राई पक्षकै सांसदले संसद चल्न दिएनन् प्रदेश सभा बैठक

appharu
0
Shares

विराटनगर । प्रदेश १ सभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । बैठक केहीबेर बसेर स्थगित गरिएको हो ।

आइतबार अपरान्ह २ बजे बस्नेगरी बैठक डाकिएको भएपनि कार्यसूचीबारे कार्यव्यवस्था समितिमा सहमति बन्न नसक्दा बैठक निर्धारित समयमा शुरू हुन सकेको थिएन ।

मुख्यमन्त्री शेरधन राईविरूद्धको अविश्वासको प्रस्ताव पेस गर्ने सहमतिपछि बैठक शुरू भएको थियो ।

आज मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेस गर्ने एकमात्र कार्यसूची थियो ।

बैठक शुरू भएलगत्तै नेकपा ओली पक्षका संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्रीले कारबाही गरेका अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १६ सांसदलाई हलमा प्रवेश दिएको भन्दै उठेर विरोध जनाएका थिए ।

उनले कारबाहीमा परेका १६ जनालाई बाहिर निकालेर बैठक सुरू गर्नुपर्ने भन्दै विरोध गरेपछि प्रचण्ड माधव पक्षका सांसदहरूले त्यसको प्रतिरोध गरेका थिए ।

प्रचण्ड-नेपाल पक्षले अविश्वास प्रस्ताव छल्न ओली पक्षले अराजनीतिक अडान देखाएको भन्दै बैठक सुरू गर्न माग गरेका थिए ।

तर सत्ता पक्षका सांसदले उठेर विरोध गरेपछि सभामुखले आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गरेका छन्  ।