अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘जुनसुकै हालतमा निर्धारित समयमै निर्वाचन हुन्छ’

‘जुनसुकै हालतमा निर्धारित समयमै निर्वाचन हुन्छ’


रौतहट- शहरी विकासमन्त्री प्रभुु साहले जुुनसुकै हालतमा पनि निर्धारित समयमै निर्वाचन हुने उदघोष गर्नुभएको छ । रौतहटको गुजरा नगरपालिकामा आयोजित सडक उद्घाटन तथा पुल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सरकारले तोकेको आगामी वैशाख १७ र २७ गते नै निर्वाचन हुने जिकिर गर्नुभयो ।

उहाँले सोही अवसरमा दोहोरो चरित्रका कारण नेपाली काँग्रेस साँघुरिँदै गएको बताउनुुभयो । डिभिजन सडक कार्यालयद्वारा आज आयोजित पक्की सडक उद्घाटन तथा पुल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले काँग्रेसका केही नेता अदालतको फैसला हेर्ने बताइरहेका छन् भने अर्काथरी आन्दोलन गरेर दोहोरो चरित्र प्रदर्शन गरिरहेका उल्लेख गर्नुभयो ।

उहाँ यसअघि शहरी विकासमन्त्री हुँदा सोही मन्त्रालयबाट स्वीकृत बाल्चनपुर जङ्गलसहीया र खतवहिया परसवा पक्की सडकको उद्घाटन गर्नुभयो । रमन सगरमाथा जेभीद्वारा १६ करोड ३८ हजार २६९ रुपैयाँको लागतमा बाल्चनपुर जंङ्लसहीया सडकमा १० किलोमिटरमा र नौ करोड ११ हजार रुपैयाँको लागतमा खतवहिया परसवा सात किलोमिटर कालोपत्र भएको सघन शहरी तथा भवन डिभिजन कार्यालय वीरगञ्जका प्रमुख रञ्जन दाशले जानकारी दिनुुभयो ।

त्यसैगरी मन्त्री साहले बाल्चनपुर जङ्गलसैया सडकखण्डअन्तर्गत गुजरा नदीको पुलको शिलान्यास गर्नुुभएको छ । कूल रु छ करोड ८५ लाख ४३ हजार लागतमा निर्माण हुन लागेको ५० मिटर लम्बाइ ११ मिटर चौडाइको पुल निर्माणको ठेक्का सगुन राजदेवी जेभीले लिएको डिभिजन सडक कार्यालय चन्द्रपुरका प्रमुुख विनोदकुमार मौवारले जानकारी दिनुुभयो ।

बाल्चनपुर जङ्गलसैया सडकखण्डमा पुलको अभावमा वर्षेनी वर्षायाममा गुजरा नदीमा विभिन्न दुर्घटना हुँदै आएका छन् । उक्त कार्यक्रममा प्रदेशसभा सदस्य कुन्दन कुुश्वाहा, कटहरियाका प्रमुख सियाराम कुश्वाहा, मौलापुरका प्रमुख रिनाकुमारी साह, प्रमुुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक सिद्धीविक्रम शाह, सशस्त्र प्रहरी उपरीक्षक सुरजसेन ओलीलगायतले विकासका लागि सडक पूर्वाधार नै पहिलो खुुड्किलो रहेको बताउँदै सराहना गर्नुुभएको थियो ।