काठमाडौं- नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो एक बजेदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल हुने सो समूहका एक नेताले बताउनुभयो ।
पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर वैैशाखमा निर्वाचन घोषणा गरेपछि राजनीतिक रूपमा विभाजित नेकपाले कानुनी मान्यता पाइसकेको छैन ।
प्रतिक्रिया