अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड-नेपाल समूहले अध्याँरो बाटो रोज्यो : मुख्यमन्त्री राई

प्रचण्ड-नेपाल समूहले अध्याँरो बाटो रोज्यो : मुख्यमन्त्री राई


काठमाडौं- प्रदेश १ का मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरधन राई नेकपा प्रचण्ड-नेपाल समूहले अध्याँरो बाटो रोजेको बताउनुभएको छ ।

संस्थापन नेकपाले विराटनगरमा आयोजना गरेको बृहत जनसभामा बोल्नुहुँदै उहाँले प्रचण्ड-नेपाल समूहले मुलुकलाई अप्ठ्यारो सुरुङतर्फ धकेलिरहेको बताउनुभयो ।

‘राष्ट्रपतिलाई पनि अटाएर, प्रधानमन्त्री, मुख्यमन्त्रीलालाई पनि अपदस्त गरेर मुलुक कब्जा गर्ने एउट कित्ता तयार भएको छ । त्यो कित्ता आज एउटा नेपाल कम्युनिष्टको नममा देखा परेको छ,’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘प्रचण्ड-नेपाल-खनालको कित्ताले अध्याँरो बाटो रोजेको छ । यो कित्ताले मुलकलाई अप्ठ्यारो सुरुङतर्फ लगेको छ । यो कित्तामा हामी भविष्य देख्न सक्दैनौँ । यो कित्तामा उभिएर कम्युनिस्ट आन्दोलनको भविष्य सुरक्षित हुन सक्दैन ।’