अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड–नेपाल पक्षलाई नयाँ पार्टी दर्ता गर्न शेरधन राईको आग्रह

प्रचण्ड–नेपाल पक्षलाई नयाँ पार्टी दर्ता गर्न शेरधन राईको आग्रह


विराटनगर- नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षलाई नयाँ पार्टी दर्ता गर्न आग्रह गर्नु भएको छ ।

पार्टीको प्रदेश १ कमिटीले आज विराटनगरमा आयोजना गरेको जनसभामा बोल्दै नेता प्रदेशका सह–इन्चार्जसमेत रहनु भएका राईले प्रचण्ड–नेपाल पक्षलाई छुट्टै पार्टी दर्ता गराएर नयाँ चुनाव चिह्न लिनसमेत आग्रह गर्नु भयो ।

‘म उहाँहरूलाई भन्छु– तपाईंहरू अर्कै पार्टी दर्ता गराउनुहोस्, अर्कै चुनाव चिह्न लिएर निर्वाचनमा जनताका बिचमा जानुहोस्,’ मुख्यमन्त्री राइले भन्नुभयो ।