अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले विराटनगर जनसभामा महत्त्वपूर्ण सूचना सुनाउन चाहनुभएको छ : नेता नेम्वाङ

प्रधानमन्त्रीले विराटनगर जनसभामा महत्त्वपूर्ण सूचना सुनाउन चाहनुभएको छ : नेता नेम्वाङ


काठमाडौं- संस्थापन नेकपाका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले विराटनगरको आभसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले महत्त्वपूर्ण सूचना जानकारी गराउनुहुने बताउनुभएको छ ।

विराटनगरमा आयोजित संस्थापन नेकपाको बृहत जनसभालाई सम्बोधन गर्दै संविधानसभा अध्यक्षसमेत रहनुभएका नेम्वाङले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यू विराटनगर आउनुभयो, हामी सबै स्वागत गर्न विमानस्थल गयौं । सदाझै उज्यालो अनुहार, केही समाचार सुनाउसुनाउ झै अनुहार थियो तर हामीले भनिहाल्नुभएन । यो भव्य सभामा हामीलाई कुनै सूचना सुनाउन चाहनुभएको छ । कुनै महत्त्वपूर्ण सूचना हामीलाई सुनाउनुहुन्छ झै लागेको छ । के सूचना सुनाउनुहुन्छ भनेर पर्खिरहेको छु ।’

नेता नेम्वाङले जनताले वैशाख १७ र २७ गतेको निर्वाचन अनुमोदन गरिसकेका समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचनमा जाने भनेर जनताले फैसला गरिसके । सम्मानित सर्वोच्च अदालतको फैसला हामी कुरिरहेका छौँ ।’