अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड खिइँदै गएर सिद्धिले बाटोमा जानुभयो : प्रधानमन्त्री ओली

प्रचण्ड खिइँदै गएर सिद्धिले बाटोमा जानुभयो : प्रधानमन्त्री ओली


विराटनगर- प्रधानमन्त्री तथा संस्थापन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई पार्टीमा फर्कन आग्रह गर्नुभएको छ ।

शनिबार नेकपाद्वारा विराटनगरमा आयोजित बृहत आमसभालाई सम्बोधन गर्दै उहाँले प्रचण्डलाई संस्थापन नेकपामै फर्कन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अझै पनि तपाईं फर्कन चाहनुहुन्छ भने फर्कनुहोस् । मिसिन हुन्न भने भीरबाट लड्नेलाई राम भन्न सकिन्छ काँध हाल्न सकिदैन । खिइँदै गएर सिधिने बाटोमा प्रचण्ड जानुभयो ।’

उहाँले प्रचण्डलाई आफूले ठूलो बनाए पनि गलत बाटो हिँडेकाले अब काँध नथाप्ने टिप्पणीसमेत गर्नुभयो । ‘सिद्धिइसकेको प्रचण्डलाई, २/४ सिटमा सीमित हुने प्रचण्डलाई ल्याएर मैले एउटा ठूलै जुरो हालिदिएको थिएँ । जुरो भएपछि अलिकति सिङ पनि हालिदिएको थिएँ । लामा सिङ भएपछि उहाँमा अहंकार चल्यो । उहाँले हामीलाई सिध्याउन खोज्नुभयो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उहाँको नियति अब असफलताबाहेक केही छैन ।’

प्रचण्डले ‘सूर्य चुनाव चिन्ह मेरो’ भन्दा तपाईंहरुलाई हाँसो लागेन ?: प्रधानमन्त्री