अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारविरुद्ध भइरहेका गलत प्रचारलाई नियन्त्रण गर्न साइबर सेना निर्माण

सरकारविरुद्ध भइरहेका गलत प्रचारलाई नियन्त्रण गर्न साइबर सेना निर्माण


काठमाडौं- संस्थापन नेकपानिकट राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको साइबर सेना बनेर काम गर्ने भएको छ । माघ २५ र २६ गते बसेको संघको केन्द्रीय समिति बैठकले साइबर सेना बनेर काम गर्ने निर्णय गरेको हो ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष बचनबहादुर सिंहले सामाजिक सञ्‍जालमा सरकार र प्रधानमन्त्री ओलीविरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने काम साइबर सेनाले गर्ने जानकारी दिनुभयो ।

आफूलाई वुद्धिमान ठान्‍नेहरूले सरकार र कम्युनिष्ट पार्टीबारे जनतालाई दिगभ्रमित पार्ने काम सामाजिक सञ्‍जालबाट गरिरहेकोले त्यसलाई नियन्त्रण गर्न साइबर सेनाले आफ्नो विवेक प्रयोग गरी परिचालन हुने बताउनुभयो ।

अध्यक्ष सिंहले आगामी चैत मसान्त भित्रमा ७७ वटै जिल्लामा युवा संघको समिति निर्माण गर्ने, सबै संघीय निर्वाचन क्षेत्रमा समन्वय कमिटी, प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी, स्थानीय तह र वडामा वटा कमिटी गठन गरी सुदृढ कमिटी प्रणाली स्थापित गर्ने निर्णय गरेकोसमेत जानकारी दिनुभयो ।