अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड-नेपाल समूह परित्याग गर्दै संस्थापन नेकपामै फर्किनुभयो भीमदत्तका मेयर

प्रचण्ड-नेपाल समूह परित्याग गर्दै संस्थापन नेकपामै फर्किनुभयो भीमदत्तका मेयर


कञ्चनपुर- भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट केपी शर्मा ओली अध्यक्ष रहनुभएको संस्थापन नेकपामा खुल्नुभएको छ ।

प्रचण्ड-माधव पक्षसँगनिकट मानिनुभएका विष्टले केही दिनअघि काठमाडौं आएर प्रधानमन्त्री ओलीसँग भेटेपछि संस्थापन नेकपामा खुल्नुभएको हो ।

विष्ट ओली पक्षीय नेकपाको कञ्चनपुर जिल्ला कमिटी सचिवसमेत चयन हुनु भएको छ । उहाँलाई शनिबारै महेन्द्रनगरमा आयोजित कार्यक्रममा प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सचिव पदको शपथ खुवाउनुभएको छ ।

पूर्वमाओवादीबाट जिल्ला अध्यक्ष रहनुभएका वीरबहादुर थापा संस्थापन नेकपामा लागि सक्नुभएको छ ।