अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विप्लव समूहले भन्यो- सरकारसँग वार्ता र संवाद गर्न तयार छौँ

विप्लव समूहले भन्यो- सरकारसँग वार्ता र संवाद गर्न तयार छौँ


काठमाडौं- नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले आफ्नो पार्टी सरकारसँग वार्ता र संवाद गर्न तयार रहेको बताएको छ । शनिबार पार्टीको नाममा विज्ञप्ति जारी गर्नुहुँदै सो दलका महासचिव समेत रहनुभएका विप्लवले सो कुराको जानकारी गराउनुभएको हो ।

‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं,’ विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ।

सो दलले हिंसात्मक गतिविधि गरेपछि सरकारले प्रतिवन्ध लगाएको थियो । यद्यपि सरकार र विप्लव समूहका नेताहरूबीच अनौपचारिक वार्ता र संवाद भने हुँदै आएका छन् ।