अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झलनाथ फर्किनु भएलगत्तै उपचारका लागि भारत जानुहुँदै बाबुराम

झलनाथ फर्किनु भएलगत्तै उपचारका लागि भारत जानुहुँदै बाबुराम


काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई उपचारका लागि भारत जानुहुने भएको छ । उहाँ आइतबार नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँदिल्ली जानलाग्नु भएको हो ।

पेटमा समस्या देखिएपछि लामो समयदेखि बाबुरामले काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आउनुभएको थियो ।

अहिले चिकित्सकले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गर्नु भएकाले उहाँ त्यसको उपचारका लागि दिल्ली जानलाग्नु भएको हो ।

दिल्लीमा बाबुरामको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुने उहाँको सचिवालयले जनाएको छ । बाबुरामसँगै पत्नी हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे पनि दिल्ली जाँदै हुनुहुन्छ ।

शनिबार मात्रै नेकपा प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नियमित स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किनु भएको थियो ।

उहाँ भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएर स्वदेश फर्कनुभएको उहाँका स्वकीयसचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।