अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ को प्रदेशसभा बैठक बस्दै

प्रदेश १ को प्रदेशसभा बैठक बस्दै


विराटनगर- प्रदेश १ प्रदेशसभाको हिउँदे अधिवेशनको तेस्रो बैठक आज बस्दैछ । माघ ७ गते बोलाइएको बैठक नेकपाभित्रको तीव्र विवादका कारण आइतबार फेरि बस्न लागेको हो ।

माघ ७ गतेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको पत्र पढेर २५ गतेसम्मका लागि स्थगित गर्नु भएको थियो ।

नेकपा विवादका कारण सभा अघि बढ्न नसक्ने देखिएपछि सभामुख भण्डारीले बैठक १८ दिनका लागि स्थगित गर्नु भएको थियो । आजको बैठकमा
मुख्यमन्त्री शेरधन राईविरुद्धमा अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता हुँदै सदनको कार्यसूचीमा रहेको छ।

सोही कारण मुख्यमन्त्री राई पक्षले माघ २५ गतेको सदन अवरुद्ध गरेको थियो ।