अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीद्वारा नागढुंगा-नौबिसे सुरुङमार्गको अवलोकन [फोटो फिचर]

प्रधानमन्त्रीद्वारा नागढुंगा-नौबिसे सुरुङमार्गको अवलोकन [फोटो फिचर]


काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन नागढुंगा-नौबिसे सुरुङमार्गको स्थलगत अवलोकन गर्नुभएको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री ओलीले सुरूङमार्गको जिरो प्वाइन्टको स्थलगत अवलोकन गर्नु भएको हो । नागढुङ्गादेखि धादिङको सिस्नेरी खोलासम्मको १.८ किमि सुरूङ मार्गको गतवर्षबाट निर्माण सुरु भएको थियो ।

केन्द्रीय राजधानी भित्रिने सवारी साधनको चापलाई कम गरी ट्राफिक जामलाई सहज बनाउन सरकारले यस सडकखण्डमा सुरुङमार्ग निर्माणको योजना अघि सारेको हो । राष्ट्रिय महत्वको यो योजनालाई सरकारले प्रथमिकताका साथ हेरेको प्रधानमन्त्रीले बताउँदै आउनुभएको छ । तस्बिर : प्रधानमन्त्री सचिवालय