अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस


विराटनगर- प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव आइतबार प्रदेशसभामा पेस गरिएको छ । अविश्वासको प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले प्रस्ताव पेस गर्नुभएको हो ।

पुस १२ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रस्ताव लामो समयसम्म सदनमा पेस भएको थिएन ।

अविश्वासको प्रस्ताव भएपछि आगामी फागुन २० गतेसम्मका लागि बैठक स्थगित भएको छ । आजको बैठकमा सरकारका मन्त्री र सरकार पक्षीय सांसद सहभागी हुनु भएन ।

मन्त्रीको अनुपस्थितिबिना नै बैठक बसेको हो । प्रतीपक्ष दलहरू भने बैठकमा उपस्थित थिए ।