अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद पुनर्स्थापना भए देशमा फेरि अस्थिरता उत्पन्न हुन्छ : प्रधानमन्त्री ओली

संसद पुनर्स्थापना भए देशमा फेरि अस्थिरता उत्पन्न हुन्छ : प्रधानमन्त्री ओली


कञ्चनपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना भए देशमा फेरि अस्थिरता उत्पन्न हुने बताउनुभएको छ । सोमबार कञ्चनपुरको दैजीमा रहेको छेला औद्योगिक क्षेत्र शिलान्यासपछि आयोजित सभालाई सम्बोधन गर्दै उहाँले संसद पुनर्स्थापना भए फेरि अस्थिरता उत्पन्न हुनुका साथै पहिलेकै समस्या दोहोरिने बताउनुभयो ।

‘पुनर्स्थापना भए के हुन्छ ? फेरि प्रधानमन्त्री खोज्न हिँड्नुपर्छ । त्यसका लागि पार्टीहरु खोज्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कसैको बहुमत पुग्दैन । भागबण्डाको राजनीति, खरिदबिक्री, अस्थिरता फेरि सुरु हुन्छ ।’

साथै, उहाँले केही दिनमा अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी विषयमा फैसला गर्ने भन्दै पुनःस्थापना भएपनि वा नभए पनि आफ्नो राजनीति नसकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले प्रतिनिधिसभा विघटन भएको छ । देश चुनावतर्फ अघि बढेको छ । केही मान्छेहरू यस्तो भयो भने आफ्नो राजनीति सकिन्छ भनेर छटपटाइरहेका छन् । तर, हाम्रो राजनीति जे भए पनि सकिँदैन ।’