अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कञ्चनपुरमा ९ अर्बको औद्योगिक क्षेत्र बन्ने, प्रधानमन्त्रीद्वारा शिलान्यास [फोटो फिचर]

कञ्चनपुरमा ९ अर्बको औद्योगिक क्षेत्र बन्ने, प्रधानमन्त्रीद्वारा शिलान्यास [फोटो फिचर]


कञ्चनपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएको छ । औद्योगिक क्षेत्र घोषणा भएको र पहिलो पटक बजेट विनियोजना भएको २५ वर्षपछि बेदकोट नगरपालिका पुगेर प्रधानमन्त्री ओलीले दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नु भएको हो ।

बि.सं २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले औद्योगिक क्षेत्र स्थापना गर्न पहिलो पटक दुई लाख बजेट विनियोजन गरेको थियो । घोषणाको २५ वर्षपछि औद्योगिक क्षेत्रको शिलान्यास भएपछि स्थानीय उत्साहित भएका छन् ।

९ अर्बको लागतमा पाँच वर्षभित्र निर्माण सम्पन्न हुनेगरी औद्योगिक क्षेत्रको निर्माण हुने बताइएको छ । औद्योगिक क्षेत्र स्थापनाका लागि यसै वर्ष वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भएको थियो । औद्योगिक क्षेत्र स्थापना भए २२ हजार जनाले प्रत्यक्ष र एक लाखले अप्रत्यक्ष रोजागरी पाउने दादी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।

तस्बिर : सूर्य थापा, प्रधानमन्त्री प्रेस सल्लाहकार