अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालको गुमेको भूभाग फिर्ता ल्याएरै छाडिन्छ : प्रधानमन्त्री ओली

नेपालको गुमेको भूभाग फिर्ता ल्याएरै छाडिन्छ : प्रधानमन्त्री ओली


कञ्चनपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताउनुभएको छ ।

बेदकोट नगरपालिका-२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको सोमबार शिलान्यास गर्नुहुँदै उहाँले गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।

दोधारा चाँदनी क्षेत्रमा भारतसँगको महाकाली सन्धिबमोजिम १० क्युसेक पानी नेपालले पाउनुपर्नेमा नपाएकामा अब प्राप्त गर्नका लागि भारतसँग वार्ता भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले ६ महिनाभित्र विस्तृत सर्भेको काम पूरा गरी नहर निर्माणको काम सुरु हुने बताउनुभयो ।

महाकाली सिंचाइ आयोजनाअन्तर्गत तेस्रो चरणको नहर निर्माण सुरु भइसकेको जनाउँदै प्रधानमन्त्रीले वर्षौँदेखि सिंचाइ हुन नसकेका क्षेत्रमा सोको प्रबन्ध गरी कृषि उत्पादनमा बढोत्तरी गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य सुरु भइसकेको छ, अब मेचीदेखि महाकालीसम्म केही वर्षमै रेल पनि कुद्छ ।’