अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड-माधव समूहका हिमाल शर्माद्वारा जिल्ला सचिवको जिम्मेवारी अस्वीकार

प्रचण्ड-माधव समूहका हिमाल शर्माद्वारा जिल्ला सचिवको जिम्मेवारी अस्वीकार


काठमाडौं- नेकपा प्रचण्ड-नेपाल समूहका नेता हिमाल शर्माले काठमाडौं जिल्ला कमिटीको सचिवको जिम्मेवारीमा अस्वीकार गर्नु भएको छ ।

उहाँले तत्कालीन माओवादी केन्द्रको काठमाडौं जिल्ला कमिटी अध्यक्ष रहेका शर्माले दुई पार्टी एकीकरण गर्ने सन्दर्भमा आफूले सचिवको जिम्मेवारी स्वीकार नगर्ने बताउनुभयो ।

नेता शर्माले भन्नुभयो, ‘जिल्लाको सचिवमा म रहन्न, पहिले दुईटा अध्यक्ष थियौँ । त्यति बेला एउटा अध्यक्ष, एउटा सचिव बस्नुपर्ने बाध्यता थियो । त्यतिबेला म बस्नै पर्ने थियो । अहिले म बस्दिनँ अरू साथीहरूलाई जिम्मेवारी दिउ भन्ने मेरो भनाइ हो ।’

प्रचण्ड(माधव पक्षीय नेकपाले काठमाडौंसहित ६८ जिल्लाको अध्यक्ष र सचिव तोकेकोमा शर्मालाई पुनः सचिवको जिम्मेवारीमा राखिएको छ ।