अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश केपीमय भइरहेको छ : मन्त्री रायमाझी

देश केपीमय भइरहेको छ : मन्त्री रायमाझी


काठमाडौं- ऊर्जामन्त्री एवं संस्थापन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले प्रचण्ड-नेपाल समूहले युद्धको धङधङी देखाइरहेको बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

मन्त्री रायमाझीले देश केपीमय भइरहेको समेत बताउनुभयो । ‘प्रचण्ड-नेपाल समूहले ठूलाठूला आमसभा गरेका छौँ भनिरहेको छ, मान्छे कसको जनसभाका कति छन् भनेर त सबैलाई थाहा छनि । देश अहिले केपीमय भइरहेको छ,’ उहाँले भन्नुभयो ।

साथै, मन्त्री रायमाझीले संसद् पुर्नस्थापना नुहनेसमेत बताउनुभयो । ‘९९.९ प्रतिशत पुनःस्थापना हुँदैन । यदि प्वाइन्ट १ प्रतिशतले पुनःस्थापना नै भएपनि के आकाश खस्छ ? पृथ्वी भासिन्छ ?’, रायमाझीले प्रश्न गर्नुभयो ।

उहाँले युवालाई स्वार्थभन्दा सत्यको पक्षमा उभिन पनि आग्रह गर्नुभयो । ‘अहिले जनताको समर्थन हाम्रो पार्टीलाई छ, अब व्यक्तिगत स्वार्थका पछि दौड्ने युवको अन्त्य भइसकेको छ,’ उहाँले भन्नुभयो ।