अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमै मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै सुरू हुन्छ : प्रधानमन्त्री ओली

नेपालमै मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै सुरू हुन्छ : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धि सम्पूर्ण विशेषज्ञ सेवा छिट्टै सुरु गरिने बताउनुभएको छ । विश्व मिर्गौला दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित चेतनामूलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले मिर्गौगौलाविद् एवं चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्राध्यापक डा. दिव्या सिंह शाहसहितका विज्ञहरू मिगौला सम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्नका लागि क्रियाशिल रहनुभएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मिर्गौला जोगाउनका लागि खानपानमा विशेष हेरचाह गर्नुपर्नेमा समेत जोड दिनुभयो । ‘हाम्रो खानपिन वा हाम्रो दैनिकमा मृगौलालाई असर पार्न खानपीन वा व्यवहार के हो ? र त्यसबाट कसरी जोगिने जस्ता कुराहरुलाई ध्यान दिन जरुरी छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस् भन्ने हाम्रो कुरा हो । यो रोग जसलाई पनि हुन सक्ने भएकोले सबै जना सजग हुनुपर्छ ।’

पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको कुरालाई पनि प्रधानमन्त्रीले स्मरण गराउनुभयो । ‘केही मानिसहरुले मलाई ‘बाहिर गएर उपचार गरायो’ भने, तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइन, यहाँ सुविधा नहुँदा गएको थिएँ,’ उहाँले भन्नुभयो ।

‘मिर्गौला रोगको साथमा स्वस्थ्य जीवन’को नारासहित आज नेपालसहित विश्वभर मिर्गौला दिवस मनाइँदैछ ।

प्रधानमन्त्री प्रभातफेरी कार्यक्रममा सहभागी :