अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिद्वारा इन्द्रदहको भ्रमण [फोटो फिचर]

राष्ट्रपतिद्वारा इन्द्रदहको भ्रमण [फोटो फिचर]


काठमाडौं- राष्ट्रपति विद्यादेवि भण्डारीले ऐतिहासिक तथा पर्यटकीय क्षेत्र इन्द्रदहको भ्रमण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सो क्षेत्रमा रहेको इन्द्रदह, कालु पाण्डेको समाधिस्थल, कालु पाण्डेको सालिक, दहचोक भ्यू टावरको अवलोकन गर्नुभयो । सो क्षेत्रबाट नेपालका हिमालय पर्वत र गोरखा दरबार, काठमाडौं उपत्यका राम्ररी देखिन्छ ।

पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामा हमला गर्नुपूर्व यस क्षेत्रमा किल्ला बनाएर बसेको प्रमाण अहिलेसम्म भेट्न सकिन्छ ।

यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले आज चन्द्रागिरि नगरपालिका-१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ । सो अवसरमा उहाँले कालु पाँडेको पूर्णकदको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले दहचोकमा निर्माण गरिएको दहचोक ‘भ्यू टावर’बाट काठमाडौं उपत्यकासहित आसपासको दृश्यावलोकनसमेत गर्नुभयो ।

तस्बिर : गोरखापत्र