अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट ८८ जनाको मृत्यु

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट ८८ जनाको मृत्यु


लेगोस- बन्दुकधारीको आक्रमणमा परी नाइजेरियामा कम्तीमा ८८ जनाको मृत्यु भएको छ ।

देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने केब्बी राज्यमा भएको घटनामा परी अरू कैयौँ घाइते पनि भएको अधिकारीहरूले जनाएका छन् ।

डाको-वासागु क्षेत्रमा विभिन्न आठ समुदायका उच्छृङ्खल समूहहरूबीच भिडन्त भएको प्रहरीको भनाइ छ ।

घटनास्थलबाट प्रहरीले सुरुमा ६६ ओटा शव निकालेको बताएको थियो । तर, पछि ८८ शव निकालिएको स्थानीय प्रहरी प्रवक्ता नाफिउ अबुबाकरले जानकारी दिनुभयो ।

थप घटना हुन नदिनका लागि सुरक्षा फौजले सुरक्षा सतर्कता बढाएको छ भने स्थानीय बासिन्दा त्रसित अवस्थामा रहेका छन् ।

यसअघि गत अप्रिलमा पनि सोही ठाउँमा नौ प्रहरी र दुई जना नागरिक पनि आक्रमणमा परी मारिएका थिए ।