अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकाको अलाबामामा भएको दुर्घटनामा ९ बालबालिकासहित १० को मृत्यु

अमेरिकाको अलाबामामा भएको दुर्घटनामा ९ बालबालिकासहित १० को मृत्यु


वासिङ्टन– अमेरिकाको अलाबामामा भएको सडक दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । शनिबार अमेरिकाको अलाबामा राज्यमा भएको सडक दुर्घटनामा परी ती नागरिकको ज्यान गएको छ । उक्त दुर्घटनामा परेर नौ जना बालबालिकाको ज्यान गएको छ । साथै अर्का एकजना वयस्क नागरिक पनि सो दुर्घटनामा परी मृत्यु भएको छ ।

अधिकारीहरुका अनुसार अलाबामाको बटलर काउन्टीमा दुर्घटनामा परेर ती बालबालिका मारिएका हुन् । सो दुर्घटनामा परी मृत्यु भएका ८ जना बालबालिका ४ देखि १७ वर्ष उमेरका रहेका थिए । एक भ्यानमा यात्रा गरिरहेका उनीहरुको भ्यान दुर्घटनामा परेको बताइएको छ ।

उनीहरुको दुर्घटनास्थलमै ज्यान गएको थियो । अर्को भ्यानमा रहेका एकजना २९ वर्षका युवक र उनकी नौ महिनाकी छोरीले पनि त्यही दुर्घटनामा परेर ज्यान गुमाएका स्थानीय प्रहरीले जानकारी दिएको छ ।

यो सडक दुर्घटना भएको र दुइ ओटा भ्यान एक आपसमा जुधेका ती प्रहरी अधिकारीले जानाकारी गराएका छन् । दुर्घटनाको बारेमा अनुसन्धान थालिएको पनि ती प्रहरीले जानकारी दिएका छन् ।