अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जीउँदा भीसीलाई मरेको भनेपछि…

जीउँदा भीसीलाई मरेको भनेपछि…


काठमाडौं– जीउँदो मान्छेलाई मरेको भनेर प्रचार गर्नेविरुद्ध कस्तो कारबाही होला? सुर्खेतमा यस्तै एउटा घटना भएको छ । त्यो पनि विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह मरेको भनेर सोही विश्वविद्यालयले विज्ञप्ति जारी गरेपछि यस बिषयमा चासो बढेको छ ।

विश्वविद्यालयमा केही दिन देखि विद्यार्थीहरूको एउटा समुहले आन्दोलन गरिरहेको थियो । त्यसै क्रममा सिंहको निवासमा एक समुहले दुईदिन आक्रमणको प्रयास गर्‍यो । त्यसबाट पनि उहाँ टसमस हुनुभएन । त्यसपछि हिजो एमडब्लुयू कन्फेसन भन्ने फेसबुक पेजमा भिसी सिंह्को मृत्यु भएको विज्ञप्ति शेयर गरिएको छ ।

विज्ञप्ति विश्वविद्यालयकै लेटर प्याडमा प्रकाशन गरिएको छ । ‘उपकुलपतिको मृत्यू सम्बन्धमा’ भनेर जारी गरिएको विज्ञप्तीमा प्रशासन अधिकृत दिनेश गौतमले हस्ताक्षर गर्नुभएको छ । बिरालोले अण्डकोष खाएकोले सिंह्को मृत्यू भएको विज्ञप्तिमा उल्लेख छ ।

उपकुलपति सिंहले आफू जीउदै रहेको र मृत्युको गलत खबर फैलाउनेहरू विरुद्ध हदैसम्मको कारबाहीको माग गर्दै साइबर ब्यूरोमा उजुरी दिनुभएको छ । ‘मेरो विरुद्ध राजनीतिक प्रतिशोध साँधेर पहिलादेखि नै एउटा समूह सक्रिय थियो । सरकार परिवर्तनको केही दिनपछि त्यो समूह म विरुद्ध लाग्यो । कानुनी हिसाबले केही गर्न नसकेपछि म मरेको दुष्प्रचारमा उत्रिएको छ,’ सिंहले नेपाली बहस डट कमसँग भन्नुभयो ‘मैले कानुनी उपचारका लागि साइबर ब्यूरोलाई उजुरी दिएको छु ।’

आजै विश्वविद्यालयका चारजना डिनले जीउँदो मान्छेलाई मरेको भनेर प्रचार गर्ने घृणित कामको विज्ञप्ति निकालेर विरोध गरेका छन् ।

प्रहरीका अनुसार कानुनले जीउदो मान्छेलाई मरेको भनेर उल्लेख गर्ने परिक्ल्पना गरेको छैन । त्यसैले यसमा साइबर कानुन अनुसार कारबाही हुन्छ ।