अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस महाधिवेशनलगतै देउवाले संसद विघटन गर्ने त्रिपाठीको दाबी

कांग्रेस महाधिवेशनलगतै देउवाले संसद विघटन गर्ने त्रिपाठीको दाबी


काठमाडौं- पूर्वमन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस महाधिवेशनलगतै प्रतिनिधि सभा विघटन गर्ने दाबी गर्नुभएको छ ।

त्रिपाठीले देउवा नेतृत्वको सरकारको आयु वैशाखसम्मको मात्र भएको दाबी गर्दै धेरै दिन नटिक्ने बताउनुभयो ।

गृहजिल्ला पश्चिमनवलपरासीमा पत्रकारसँग कुरा गर्दै उहाँले कांग्रेस महाधिवेशनलगत्तै देउवा सरकारले संसद् विघटन गरेर चुनाव गराउने योजनामा रहेको सूचना आफूसँग रहेको उल्लेख गर्नुभयो ।