अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालले सूचीमा राखेका १३ नेताले पार्टी विभाजन अस्वीकार गरे

माधव नेपालले सूचीमा राखेका १३ नेताले पार्टी विभाजन अस्वीकार गरे


काठमाडौं– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन गरेसँगै नयाँ पार्टीको केन्द्रीय सदस्यको सूचीमा राखेका १३ नेता बाहिरिएका छन् ।

अन्तरसंघर्षमा साथ दिए पनि नयाँ पार्टीमा जान नसकिने भन्दै वरिष्ठ नेता झलनाथ खनालसहित १३ जना विपक्षमा उभिएका छन् । उनीहरुले पार्टी विभाजनमा साथ दिन नसकिने बताएका छन् ।

नयाँ दल एमाले समाजवादीको केन्द्रीय समितिमा रहेका वरिष्ठ नेता खनालसहित केन्द्रीय सदस्इहरु प्रदीप नेपाल, नरेश खरेल, भानुभक्त जोशी, कृष्ण खनाल, रविन कोइराला, सुधीर साह, सुरेन्द्र कार्की, सुरेन्द्र मानन्धर, ईन्द्रलाल सापकोटा, टीकाराम खड्का, रमा आले मगर र शिवकुमार गुरुङ विभाजनका विपक्षमा उभिएका हुन् ।