अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवा, दाहाल, नेपाल र यादवलाई मन्त्रीको ‘प्रेसर’ थेग्न सकस

देउवा, दाहाल, नेपाल र यादवलाई मन्त्रीको ‘प्रेसर’ थेग्न सकस


काठमाडौं– सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय बाँडफाँट सहमति नजिक पुगे पनि शपथ अनिश्चित छ ।

गठबन्धनका दलहरूले बुधबार मन्त्रीको नाम प्रधानमन्त्रीलाई उपलब्ध गराए बिहीबार वा शुक्रबार सरकारले पूर्णता पाउने स्रोतको दाबी छ। अनौपचारिक स्रोतहरुले पूर्ण विस्तार दसैंपछि सम्म पुग्न सक्नेसमेत आंकलन गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति जुटे पनि मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउने भन्ने अझै निश्चित भएको छैन।

सहमतिअनुसार नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित आठ मन्त्रालय पाउने भएको छ। माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले चार–चार मन्त्रालय लिने सहमति भएको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक–एक राज्यमन्त्री पाउनेछन् भने जनता समाजवादी पार्टीलाई रिक्त रहेको उपसभामुख पद पनि दिने सहमति भएको छ।

चार वटै दलमा मन्त्री बन्नेहरुको लर्को लामो रहेकाले आन्तरिक व्यवस्थापन जटिल भएको छ । खासगरी कांग्रेसमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवाइतर समूह, माओवादी केन्द्रमा नारायणकाजी श्रेष्ठ समूह, नेकपा एसमा २२ जना सांसद नै मन्त्री बन्न लबिइङमा छन् भने उपेन्द्र यादवलाई बाबुराम भट्टराई र महिन्द्र राय यादवको दबाब छ ।