अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चोलेन्द्रको चर्तिकलाः जेठानपछि सालोको पालो

चोलेन्द्रको चर्तिकलाः जेठानपछि सालोको पालो


काठमाडौं- जेठान गजेन्द्रबहादुर हमाललाई संघीय सरकारको मन्त्री बनाएका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले लुम्बिनी प्रदेशमा सालोलाई मन्त्री बनाउने भएका छन् ।

केन्द्र सरकारमा बाँके कांग्रेसका पूर्वसभापति हमाल उद्योगमन्त्रीमा नियुक्त भएलगत्तै भाइ सुरेन्द्र हमाल लुम्बिनी प्रदेशको वन, वातावरण तथा भू-संरक्षणमन्त्री बन्ने पक्का भएको छ । शुक्रबार हुने भनिए पनि अन्तिम समयमा सुरेन्द्रको शपथ आइतबारसम्मका लागि रोकिएको छ ।

कांग्रेसको गत महाधिवेशनमा बाँकेमा महाधिवेशन प्रतिनिधि पराजित भएपछि उहाँको हैसियत कांग्रेसको क्रियाशील सदस्य मात्र हो ।

हमालद्वय प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका जेठान र साला हुन् । राणाकी पहिलो श्रीमती उमा हमालकी साइली बहिनी हुन् । उनको स्टोभबाट आगो सल्किएर जलेर मृत्यु भएको थियो । उमाबाट राणाका एक छोरा र एक छोरी छिन् ।