काठमाडौं– स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा पनि स्वदेश फर्किनुभएको छ । ‘कान्छी’ राजदूतकारुपमा उहाँले दुई वर्ष काम गर्नुभयो ।
सरकारले फिर्ता बोलाएपछि नेपाल आइपुग्नुभएकी शेर्पाले बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले आफू राजदूत पदमा नरहेपनि भविष्यमा पनि नेपालको हितमा सक्रिय हुने बताउनुभयो ।
आफ्नो दुईवर्षे कार्यकालमा नेपाल र स्पेनको द्विपक्षीय सम्बन्धलाई बलियो भएको जनाउँदै उनले आफ्नो कार्यकाल सफल बनाउन योगदान दिने नेपाल र स्पेन सरकार, कूटनीतिज्ञहरु, एनआरएनए र कर्मचारीलाई धन्यवाद समेत दिनुभयो ।
कोभिड–१९ को दोस्रो लहर उत्कर्षमा पुगेको बेला दावाफुटीले अक्सिजन उपकरण, कन्सनट्रेटरसहितका स्वास्थ्य सामाग्री जुटाउनुभएको थियो ।







प्रतिक्रिया